Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अभिनेत्री रेखा थापाकी आमा भन्छिन्– सिउँदो अर्कैको हो

$
0
0

काठमाडौं, ९ भदौ । अभिनेत्री रेखा थापाकी आमा सरस्वती थापाले छोरीको सिउँदो अर्कैको हुने बताएकी छिन् । प्रायः छोरी रेखासँगै देखिने सरस्वतीले सिउँदोको अधिकर लिएर आउन्जेल सिँदुर हाल्न पाइने र अधिकार गुमाएपछि नपाउने पनि बताइन् ।

रेखा थापाको विवाहका लागि केटाहरू आएको भन्ने कुराको खण्डन गरेकी सरस्वतीले भनिन्,‘मसँग कोही पनि छोरी माग्नका लागि आएका छैनन् । माग्न आएभने सोच्नुपर्छ ।’

सरस्वतीले छोरीको उमेर जति बढ्यो त्यति नै आमालाई चिन्ता हुने कुरामा सहमति जनाउँदै भनिन्,‘तर भाग्यले लेखेका दिन विवाह हुनेछ ।’
आमासँगै देखिएकी रेखाले भने एक दुई वर्षमा विवाह हुनसक्ने बताएकी छन् । उनको विवाहको हल्ला ज्यादा नै चल्ने गर्दछ । एउटा मिडियामा आउने मंसिरमा विवाह हुने रेखा स्वयंले बताएकी थिइन् ।

The post अभिनेत्री रेखा थापाकी आमा भन्छिन्– सिउँदो अर्कैको हो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles