काठमाडौं, ९ भदौ । नेपाल आइडलकी एकजना निर्णायक इन्दिरा जोशीले अभिनेता अनमोल केसीसँग डेटिङमा जाने इच्छा देखाएकी छिन् । उनले यो इच्छा विभिन्न सञ्चारमाध्यमसँग पनि बताइसकेकी छिन् ।
गर्लफ्रेन्ड नामको म्युजिक भिडियो बजारमा ल्याउन लागेकी अविवाहित इन्दिराले अहिलेसम्म आफ्नो कसैसँग पनि प्रेम सम्बन्ध नरहेकाले अनमोलसँग डेटिङमा जाने इच्छा देखाएको बताएकी छिन् । अनमोल केसी इन्दिराभन्दा ५ देखि ७ वर्ष कान्छा छन् ।
उनले अनमोलसँग डेट जानुको कारण पनि खोलेकी छिन् । भन्छिन्,‘अनमोल क्युट छन् निक्कै राम्रा छन् । उनको हाइट पनि राम्रो छ । उनी सफल छन् । त्यसकारण मलाई उनीसँग डेट जान मन छ ।’
पछिल्लो समय इन्दिरा नेपाल आइडलको निर्णायक भएपछि केही विषयमा विवादमा पनि आएकी छन् । उनले नेपाल आइडलको मञ्चबाटै स्पर्धीका लागि भोट मागेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।
The post इन्दिरा जोशी अनमोल नै किन चहान्छिन् ? appeared first on Sajha Post.