Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

एक व्यक्ति जसले निकाल्छन् ६२ जनाको आवाज (भिडियो)

$
0
0


काठमाडौं, २० साउन । क्यारिकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरी आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । गौतमले राजनीतिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारिकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् ।

कलाकार गौतमले क्यारीकेचरमार्फत नेताहरुलाई व्यंग्य समेत गरेका छन् । उनले बालबालिका माझ लोकप्रिय मोटु पत्लु टेलिभिजन कार्यक्रमका अधिकांस पात्रको आवाज हुबहु नक्कल गरेका छन् । केहि समय घुलमील भएपछि जो कोहि क्यारीकेचर गर्न सक्ने कलासँगै उनीसँग भएको जनावर र चराचुरुंगीको आवाज निकाल्ने क्षमतालाई पनि यस भिडियोमा देखाएका छन् ।

उनी भन्छन्, ‘मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि उक्त व्यक्तिको क्यारीकेचर गर्न सजिलैसँग सक्छु । सयौँ व्यक्तिको नक्कल गर्न सकेपनि भिडियोमा भने प्रसंग मिलाएर ६२ प्रकारको मात्र आवाज समावेश गरेको छु । आउँदा दिनमा थप व्यक्तिको क्यारीकेचर पनि दर्शकमाझ प्रस्तुत गर्नेछु ।’

कलाकार गौतम लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्यै’मा गनगनेको भूमिकामा पनि देखिएका थिए । हेर्नुहोस् भिडियो

The post एक व्यक्ति जसले निकाल्छन् ६२ जनाको आवाज (भिडियो) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles