Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

१६ वर्षको उमेरमा सेक्सदेखि बलिउडसम्म यस्ता छन् सनीबारे केही रोचक तथ्य

$
0
0

भारतीय फिल्म नगरीकी एक अभिनेत्री हुन् सनी लियोनी । उनी बलिउडमा आउनुपूर्व एक अश्लिल चलचित्रमा सक्रिय थिइन् । त्यस्तै आज हामी तपाईलाई सनी लियोनीबारे केही रोचक जानकारीहरु दिन गइरहेका छौं ।

पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनीलाई ‘बिग बोस ५’ आउनुअघि कमै मानिसले चिन्थे । यस रियालिटी शो मा आएपछि मानिसहरुलाई थाहा भयो कि उनी पोर्न स्टार हुन् । त्यसलगत्तै उनी भारत लगायत दक्षिण एसियामा चर्चित बनिन् ।

सनी लियोनीको फिल्म निर्माता महेश भट्ट बिग बोस को शो मा नै आएर उनलाई आफ्नो फिल्मको कहानी सुनाइएको थियो, जुन सनीलाई मनपर्‍यो । भट्ट आफ्नो फिल्ममा पहिलेदेखि नै सनीलाई चाहन्थे । उनले फिल्म ‘कलयुग’का लागि सनीलाई हस्ताक्षर गराए ।

सन् १९८१ मे ३ मा जन्मिएकी सनी लियोनीको वास्तविक नाम करेनजीत कौर वोरा हो । पोर्न फिल्ममा प्रवेश गरेपछि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन् ।

विभिन्न भारतीय सञ्चारमाध्यमका अनुसार सनीको पहिलो किस मात्र ११ वर्षको उमेरमा भएको थियो भने १६ वर्षको उमेरमा पहिलोपटक एक बास्केटबल खेलाडीसँग सेक्स गरेकी थिइन् ।

सनी पोर्न उद्योगमा कदम राख्नुपूर्व एक बेकरी तथा टेक्स एण्ड रिटायरमेन्ट फर्ममा काम गरेकी थिइन् ।

सनीलाई मोडलिङ गर्न सल्लाह एक सहपाठीले दिएकी थिइन् । एक फोटोग्राफरसँग भेट भएपछि ‘पेंटहाउस’ म्यागजिनका लागि उनले पोज दिएकी थिइन् । त्यसपछि उनलाई निकै नै प्रस्तावहरु आए ।

सनी लियोनीले एक म्यागजिनका लागि न्यूड पोज दिएपछि लोकप्रिय भएकी थिइन् । त्यसपछि उनले पैसा र देश-विदेश घुम्ने अवसर समेत पाइन् । सोहीकारण उनले यस दिशामा कदम बढाइन् ।

सनी लियोनीले लगभग ३५ पोर्न फिल्ममा देखिइसकेकी छन् भने २५ फिल्म निर्देशन गरेकी छन् ।

सनीकी पति डेनियल वेबर हुन्, जसले सनीको सारा काम सम्हाल्छन् ।

फिल्म ‘जिस्म’बाट बलिउडमा अभिनय यात्रा चालेकी सनीको ‘मस्तिजादे’ र ‘रागिनी एमएमएस २’ चर्चित फिल्म हुन् ।

The post १६ वर्षको उमेरमा सेक्सदेखि बलिउडसम्म यस्ता छन् सनीबारे केही रोचक तथ्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles