Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना

$
0
0

एजेन्सी । किड्नीले राम्रोसँग काम नगरेपछि बलिउड अभिनेता दिलिप कुमारलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गराइएको छ । अस्पतालको बेडमा खिचिएको फोटोले भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । जसमा उनी निकै कमजोर देखिएका छन् । उक्त तस्बिर देखेपछि उनका फ्यानहरु चिन्तित बनेका छन् ।

दिलीप कुमारको किड्नीले राम्रोसँग काम गरिरहेको छैन र उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ । जसकारण उनको किड्नी र हार्मोनमा गहिरो असर परेको छ । अस्पतालमा उनीसँग उनकी पत्नी सायरा छिन् । ९४ वर्षीय दिलिप कुमारलाई दुई दिनदेखि ज्वरो आएको थियो ।

The post बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles