Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

मृत्युको मुखबाट यसरी बाँचेका थिए बलिउड सेलिब्रेटी

$
0
0

कङ्गना रनावत आफ्नो आगामी फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’को सुटिङका क्रममा घाइते भएकी छन् । हैदराबादमा तरबारबाजीको एउटा सिनमा उनको नाकमा तरबार लागेपछि उनलाई तुरुन्तै अस्पताल लगिएको हो । उनी जसरी नै अरु पनि त्यस्ता कलाकारहरु छन् जो घाइते मात्र नभएर मृत्यु हुनबाट बचेका थिए ।

सलमान खान
सलमान खानले आफ्नो यस अनुभव बारे आफैँले भनेका थिए । उनको फिल्म ‘तेरे नाम’ को सुटिङमा उनले ट्रेनका अगाडि हिँड्नुपर्ने सिन थियो । त्यसैले उनी ट्रयाकमा हिँडिरहेका थिए तर अचानक ट्रेन उनको धेरै नजिक आयो । त्यसपछि अर्का एकजना कलाकारले उनलाई त्यहाँबाट धकेलेर उनको ज्यान बचाएका थिए ।

ऐश्वर्या राय
ऐश्वर्या राय ‘खाकी’को सुटिङका बेलामा त्यसरी नै मृत्युको मुखबाट बच्न सफल भएकी थिइन् । त्यसबेला तीव्र गतिमा अगाडिबाट आएको एउटा जीपले उनलाई ठक्कर दिएर उनी झाडीमुनि सडकको किनारा पुगेकी थिइन् । यसपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो ।

अमिताभ बच्चन
अभिनेता अमिताभ बच्चनलाई ‘कुली’को सुटिङमा एउटा एक्सन सिन गर्ने बेलामा नराम्रोसँग चोट लागेको थियो । त्यसपछि उनी ५९ दिन सम्म अस्पतालमै बस्नु परेको थियो ।

नरगिस दत्त
फिल्म ‘मदर इन्डिया’को एउटा सिनमा नरगिस आगोमा फेसेकी थिइन् । तर सुनिल दत्तले आफ्नो ज्यानको वास्ता नगरी उनलाई बचाएका थिए । यस घटनाको केही महिनापछि उनीहरुको बिहे भएको थियो ।

जोन अब्राहम
‘सुटआउट एट वडाला’को क्लाइम्याक्सको एउटा सिन गर्ने क्रममा अनिल कपूरले जोनको घाँटीमा बुलेट फायर गरेका थिए । वास्तवमा अनिल र जोनका बीच १५ फिटको दुरी आवश्यक थियो तर उनीहरु १.५ मिटर मात्र टाढा बसेकाले बुलेट जोनको घाँटीको छेउमा लागेर उनी घाइते भएका थिए ।

सनी लियोनी
फिल्म ‘वान नाइट स्ट्यान्ड’को सुटिङका बेलामा सनी लियोनी पनि एउटा दुर्घटनाको शिकार भएकी थिइन् । एउटा रोमान्टिक गीतमा समुद्रको किनाराको सिन गर्ने बेलामा खराब मौसमका कारण समुद्रबाट तिव्र गतिमा आएका छालले उनलाई बगाएको थियो । छालसँगै सनी पनि बग्दै गएपछि फिल्मका टिमले आत्तिँदै उनलाई बहिर निकालेका थिए । यस घटनापछि समुद्र नजिक जान सनीलाई निकै समस्या परेको थियो ।

ऋतिक रोशन
‘क्रिश’ फिल्मको सुटिङका क्रममा ५० फिट माथि चढ्दै गर्दा उनी त्यहाँबाट खसेका थिए । तल राखिएका क्योनोपिजहरुले उनलाई बचाएको थियो । त्यस्तै अर्को दुर्घटना ‘ब्याङब्याङ’को सुटिङमा पनि भएको थियो । त्यसबेला एउटा एक्सन सिनमा उनको टाउकोमा लागेको गम्भीर चोटका कारण उनले सर्जरी समेत गराउनु परेको थियो ।

लारा दत्त
‘अन्दाज’ फिल्मको सुटिङका क्रममा लारा एउटा चट्टानमा चिप्लेर समुद्रमा खसेकी थिइन् । त्यसबेला अभिनेता अक्षय कुमारले उनको ज्यान बचाएका थिए ।

 

The post मृत्युको मुखबाट यसरी बाँचेका थिए बलिउड सेलिब्रेटी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles