काठमाडौं, ३१ असार । चलचित्र फिल्म ग्याङुटर ब्लूजको पहिलो गीत ‘अजम्बरी लाउँला पिरती सार्वजनिक भएको छ ।
सबिन ‘एकतारे’को शब्द रहेको गीतमा कालिप्रसाद बास्कोटाको संगीत रहेको छ । गीतमा मेलिना राई र संगीतकार कालिप्रसाद बास्कोटाको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र आशिरमान देशराज जोशीको फिचरिङ रहेको छ ।
हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा आना शर्मा, आशिरमान देशराज जोशी सयंम पुरी, प्रमोद अग्रहरी, रोजिसा शाही लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म भदौ २ गतेबाट देशभर रिलिज हुँदैछ ।
भिडियो हेर्नुहोस्
The post फिल्म ‘ग्याङस्टर ब्लूज’को पहिलो गीतमा यस्तो देखिइन् आना (भिडियोसहित) appeared first on Sajha Post.