एजेन्सी । पछिल्लो समय सलमान खान इदको अवसरमा रिलिज भएको फिल्म ट्युबलाईटको प्रचार–प्रसारमा व्यस्त रहेका छन् ।
यस क्रममा सञ्चार माध्यमहरुसँग कुरा गर्दा उनलाई पूर्व प्रेमिकाहरुको झटारोवाला प्रश्न पनि आउने गरेको छ । कतिपय त भारतीय सञ्चार माध्यमहरुले त सलमानको प्रेम कथाहरुपनि छापेका छन् ।
यहाँ हामीले पनि सलमानको प्रेम प्रसंगको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।
संगीता बिजलानी अभिनेता सलमान खानको पहिलो गर्लफ्रेन्डको रुपमा परिचित छन् । केहि
विज्ञापनमा संगै काम गरेका दुवै प्रेममा रहेका थिए । हाल संगीताले क्रिकेटर मोहम्मद
अजरुद्दीन संग उनले बिबाह गरेकी छिन् ।
कुनै समय आफुलाई सलमान खानको ठूलो फ्यान बताउने सोमी अलिले पछी सलमान खानसँग नै स्क्रिन शेयर गरेकी थिइन् । सलमान संग संगै काम गरेपश्चात नजिकिएका दुवै करिव आठ बर्ष सम्म एक अर्कालाई डेटिङ गरेका थिए । सोमिले सलमान संग बिबाहको चाहाना राखेपनि दुबैको सम्बन्ध विग्रिएको थियो ।
चलचित्र ‘हम दिल दे चुके सनम’ को सुटिङ समयमा सलमान र ऐश्वर्या दुवै नजिकिएका थिए । तर सलमान खानले ऐश्वर्यमाथि आफ्नो हक जमाउन थालेपछि दुवैको सम्बन्ध चिसिएको थियो ।
सलमानलाई अहिलेसम्म विवहा नगर्नुको कारण ऐश्वर्य संगको प्रेम सम्बन्ध समेत बताईन्छ ।
The post सलमान खानका चर्चित तीन प्रेम कहानी appeared first on Sajha Post.