एजेन्सी । हलिउड गायिका लेडी गागा एक शिक्षिकाको भूमिकामा देखिने भएकी छन् । मीडिया रिपोर्ट्सका अनुसार गागा एक विज्ञापनमा शिक्षिकाको भूमिकामा देखिन लागेकी हुन् । जसमा उनी एउटा कक्षामा विद्यार्थीहरुका साथ रहनेछिन् ।
विज्ञापनको उक्त भिडियोमा उनले आफू लेडी गागा भएको बताउँदै भन्नेछिन्, ‘म तिमीहरुको शिक्षिकाको ठाउँमा पढाउन आएकी हुँ ।’ त्यसैबीच एक विद्यार्थीले गागालाई सोध्छ, ‘रोक्नुस्, के तपाई वास्तवमै लेडी गागा हो त ?’ गागाले कक्षाकोठामा सफल र उत्कृष्ट शिक्षण प्रणालीलाई बढोत्तरी गर्नका लागि यस विज्ञापन गरेकी हुन् ।
गागाले भनिन्, ‘म बच्चालाई खुलेर माया गर्छु । स्कुलमा आवश्यक पर्ने चीजहरु नहुनु वास्तवमै एक समस्या हो । जसले बच्चालाई नोक्सान पुर्याउँछ । यसअघि नै उक्त समस्याहरुलाई हल गरियोस् । हामीले ती समस्यालाई स्वीकार गर्नु जरुरी छ ।’
The post लेडी गागा बनिन् एक स्कुलकी शिक्षिका ! appeared first on Sajha Post.