Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अक्षय कुमारलाई परिबन्धनमा पारिन् यी फ्यानले

$
0
0

एजेन्सी । अक्षय कुमारका अनुसार केही समय अघि एकजना फ्यानले उनलाई निकै परिबन्धनमा पार्ने काम गरिन् । एकजना उनको फ्यानले घर अगाडि नै अनशन बसिदिइन् । अक्षयको सेक्युरिटी गार्ड आएर फ्यानबारे जानकारी गराएका थिए ।

तीनदिन देखि भोकै बसेकी फ्यानले अक्षयसँग भेट्न खोजीरहेकी थिइन् । अक्षयले थाहा पाएपछि उनलाई घरभित्रै भेट्न बोलाए । उनले सोचेका थिए कि कोही फ्यान होला अटोग्राफ दिएपछि फर्केर जानेछिन् ।

तर, भित्र आएपछि फ्यान एक्कासी अक्षयको अगाँलोमा बाध्न खोजिन् र रुन थालिन् ।

अक्षयका अनुसार उनी राम्रो परिवारबाट भएको जस्तो देखिन्थिइन् । तर, अक्षय त्यतिखेर डराए जब उनले विवाहको प्रस्ताव राखिन् ।

नत्र भने कुनै हालतमा आफुलाई नछोड्ने उनले बताए । अक्षयले फ्यानको घरको नम्बर लिए र परिवारलाई बोलाउने काम गरे । परिवारले आएपछि बल्ल थाहा भयो उनी एक धनी परिवारबाट थिइन् । आफुलाई भेट्न घरबाट भागेर आएको समेत उनले थाहा पाए ।

 

The post अक्षय कुमारलाई परिबन्धनमा पारिन् यी फ्यानले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles