एजेन्सी, २२ असार । बलिउड अभिनेता रणवीर सिंह ३२ वर्षका भएका छन् । सन् १९८५ जुलाई ६ मा जन्मिएका रणवीरले आफ्नो जन्मदिनको ठिक एकदिन अगाडि सेतो रंगको एस्टन मार्टिन कार आफैलाई गिफ्ट गरेका छन् । उक्त कारको मूल्य करिब ३ करोड ८० लाख हो ।
कार किनेपछि सबैभन्दा पहिले रणवीर आफ्नी प्रेमिका अभिनेत्री दीपिका पादुकोणको वार्लीस्थित घरमा पुगे । उनले त्यहाँबाट दीपिकालाई कारको पहिलो सिटमा राखेर डिनरका लागि ताज होटलमा लगे ।
उक्त अवसरमा रणवीर सेतो टिसर्ट लगाएर ड्राइभिङ सिटमा बसेका थिए भने दीपिका कालो टप्समा देखिएकी थिइन् ।
मीडियालाई देखेर दीपिकाले अनुहार पनि लुकाउने कोशिस गरेकी थिइन्, तर उनी क्यामारामा देखा कैद भइन् ।
दुवैले हालसम्म आफ्नो सम्बन्धबारे खुलेर केही पनि बताएका छैनन् तर यसभन्दा पहिले पनि यिनीहरुको अफेयर र पछि ब्रेकअपको खबर भने आइसकेको छ ।
रणवीर चाँडै नै संजय लिला भन्सालीको नयाँ फिल्म ‘पद्मावती’मा अलाउद्दीन खिलजीको भूमिकामा देखा पर्दैछन् ।
The post ४ करोडको उपहारमा रणवीरसँग दीपिका appeared first on Sajha Post.