काठमाडौं, २१ असार । भर्खरै क्रिकेटर शरद भेष्वाकरसँग विवाह गरेकी अभिनेत्री निशा अधिकारीले उनका भूपू केटा साथीले गाडी फिर्ता मागेको भनी जनआस्था साप्ताहिकले प्रकाशन गरेको समाचार झूठो दाबी गर्दै अन्य मिडियासँग आक्रोश पोखेकी छिन् ।
उनले फेसबुकमा एउटा स्ट्याटस लेख्दै विभिन्न अनलाइनहरुको नाम नै उल्लेख गरी आफ्ना कुनैपनि कार्यक्रममा आफ्ना पत्रकार नपठाउन चेतावनी दिएकी छिन् ।
उनले तिनीहरूलाई जनआस्थाको कार्यालयमा पठाउनु भन्दै आक्रोश पोखेकी छिन् । उनले उक्त समाचार हटाउनका लागि २४ घन्टाको अल्टिमेटम पनि दिएकी छिन् । उनले यो समाचारमा सत्यता नरहेको पनि दावी गरेकी छिन् ।
मिडियासँग छुद्र व्यवहार गर्ने निशा यसअघि पनि विभिन्न प्रकरणमा फिल्मपत्रकारसँग झगडामा फसिसकेकी छिन् । उनको तस्बिर खिच्ने समयमा पत्रकारसँग परेको विवादका कारण पछि माफी समेत माग्नु परेको थियो ।
The post ‘मेरा कार्यक्रममा तिम्रा पत्रकार नपठाउनू’ appeared first on Sajha Post.