एजेन्सी । सलीम खानले खुलासा गर्दै भनेका छन् कि उनी आफ्नो छोराका लागि किन फिल्म लेख्दैनन् । बलिउड दबंग खानका पिताले बलिउडलाई धेरै हिट फिल्महरु दिएका छन् ।
तर, सलमान खानबारे उनले भनेका छन्,‘म आफ्नो छोराको यस कारण फिल्म लेख्दिन, किनभने मैले लेखेको फिल्म यदी असफल भएमा यो सबै दोष मलाई आउनेछ, त्यस्तै सफल भएमा सबै प्रयास सलमान खानको हुनेछ ।’
‘यो साँचो होइन कि मैले सलमान खानको लागि फिल्म लेखेको छैन । उसको लागि मैले ‘पत्थर के फुल’ फिल्म लेखेको थियो जुन राम्रो चलेको थियो ।’, उनले भने ।
उनले थप्दै भने,‘जब आज मैले कुनै फिल्म लेखे भने मप्रति धेरै प्रश्नहरु उठ्नेछन् जुन म चाहाँदिन । मलाई यो दुष्चक्रमा पर्नु छैन ।’
‘अर्को कुरा गर्ने हो भने फिल्म असफल भएमा पनि धेरै सवालजबाफ गर्नुपर्ने हुन्छ र सफल भएपनि सलमानको प्रयासलाई मानिनेछ ।’
सलीम र जावेद अख्तर मिलेर सन् १९७० को दशकमा ‘दीवार’, ‘शोले’, ‘डन’ जस्ता हिट फिल्महरु लेखेका थिए ।
The post जब पिता सलीम खानले सलमान खानबारे यस्तो रहस्य खोले… appeared first on Sajha Post.