Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

किन बोलाइएन शाहरुखलाई अस्कर अवार्डमा

$
0
0

एजेन्सी, २० असार। हालैमा ओस्कर एकेडेमीले प्रियन्का चोप्डा, सलमान खान, अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र इरफान खान अनि दीपिका पादुकोणलाई निमन्त्रणा गरेको घोषणा सार्वजनिक गरेको छ । त्यसैकारण यी बलिउड सेलिब्रेटीहरुका फ्यानहरु अहिले निकै खुसी छन् ।

तर अचम्मको कुरा के भने यस सूचीमा बलिउडका किङ खान शाहरुख खानलाई भने छुटाइएको छ । यस कुराले अहिले उनका फ्यानहरुमा धेरै विवाद उत्पन्न भएको छ । ओस्करको यस्तो निर्णयप्रति उनका फ्यानहरु निकै निराश अनि आक्रोशित पनि छन् । अनेकौँ प्रतिक्रियाहरु र विवादको सामना गर्नुपरेपछि आखिरमा ओस्करले यसको जवाफ दिएको हो ।

यसको स्पष्टिकरण दिँदै अस्कर एकेडेमी अवार्डसले भनेको छ की अस्करको सदस्यता हासिल गर्नका लागि कलाकारहरुले थिएट्रिकल मोसन पिक्चर्सको क्षेत्रमा असाधारण उपलब्धी हासिल गरेको हुनुपर्नेछ । तर अस्करको यस्तो स्पष्टिकरणले फ्यानहरु झनै अक्रोशित भएका छन् किनकी शाहरुखले आफ्नो करिअर थिएटरबाटै सुरु गरेका थिए ।

त्यसैले अहिले यस कुरामा सामाजिक सञ्जालहरुमा ठूलै विवाद परिरहेको छ । शाहरुख आफैँले भने यसबारेमा केहि पनि बोलेका छैनन् ।

 

The post किन बोलाइएन शाहरुखलाई अस्कर अवार्डमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles