मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले टपलेस फोटोशूट गराएकी छन् । उक्त फोटोमा उनी निकै नै हट देखिएकी छन् । श्रीलंकन सुन्दरी ज्याकलिनको यस तस्बिर सामाजिक सञ्जालमा सनसनी मच्चाइरहेको छ । केही फलोअर्सले उनको यस फोटोशूटलाई मजाकका रुपमा हेरेका छन् । ज्याकलिनले यो फोटोग्राफ एक पत्रिकाका लागि गराएकी हुन् ।
उनको टपलेस फोटोलाई लिएर आलोचना समेत भइरहेको छ । कतिपयले सामाजिक सञ्जालमा उनलाई नकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले मजाकका रुपमा ट्रोल गरिरहेका छन् । यस अर्थमा उनको यस तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाइरहेको छ ।
ज्याकलिनको यस तस्बिरलाई ट्रोल गर्नेलाई मध्यनजर गर्दै लेखिन् कि म फूल होइन जसलाई तोड्न र मर्नेलाई छोड्नु । उनले भनिन्, ‘म यस्तो फूल बन्छु कि जसलाई खोज्न पनि मुस्किल पर्छ । जसलाई भूल्न पनि मुस्किल हुनेछ ।’
ज्याकलिन फर्नाण्डिज हालका दिनमा फिल्म ‘जुडुवा २’ र सिद्धार्थ मल्होत्रासँग ‘द जेन्टलम्यान’मा व्यस्त छिन् ।
The post ज्याकलिनले गराइन् टपलेस फोटोशूट, सामाजिक सञ्जालमा सनसनी मच्याउँदै appeared first on Sajha Post.