Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अंडरवर्ल्ड डनसँग यस बलिउड अभिनेत्रीले गरेकी थिइन् विवाह

$
0
0

एजेन्सी । अंडरवर्ल्ड र बलिउडसँग जोडिएर बेलाबेलामा मीडियामा खबर आइरहेको  हुन्छ । आज हामी तपाईलाई त्यस्तै खबरबारे जानकारी दिन गइरहेका छौं । खबरका अनुसार ६० को दशकको चर्चित फिल्म ‘मुगल-ए-आजम’ का निर्देशक आसिफकी छोरी हिना कौसरले अंडरवर्ल्ड डन इकबाल मिर्चीसँग विवाह गरेका थिए ।

हिनाकी आमा निगार सुल्ताना पनि त्यसबेलाकी चर्चित अभिनेत्री थिइन् । सन् १९७० मा रिलिज भएको फिल्म ‘होली आई रे’बाट हिनाले बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि पछिल्लो वर्ष सन् १९७१ को मार्च ९ मा उनको पिताको मृत्यु भयो । केही वर्ष काम गरेपछि हिनाले अंडरवर्ल्ड  डन इकबाल मिर्चीसँग विवाह गरिन् ।

सन् १९९१ मा हिनाले इकबाल मिर्चीसँग विवाह गरेर दोस्रो पत्नी बनिन् । उनले दुवईमा मिर्चीसँग विवाह गरेकी थिइन् । इकबाल मिर्ची सन् १९९३ मा भएको मुम्बई हमलाका दोषी थिए । इकबाल मिर्चीको वास्तविक नाम इकबाल मेमन थियो । मुम्बईको नल बजारमा उनको मसला पसल भएका कारण नाम पछाडि मिर्ची जोडियो ।

१९८० मा इकबाल ड्रग्स तस्करी धन्दामा संलग्न थिए । मुम्बई हमलापछि उनी मुम्बईबाट फरार भए । त्यसपछि हिना कोसले पनि भारत छाडिन् । बताइएअनुसार यी दुवै  भागेर लंडन गएका थिए ।

The post अंडरवर्ल्ड डनसँग यस बलिउड अभिनेत्रीले गरेकी थिइन् विवाह appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles