Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दुई रुपैयाँका लागि नाच्न तयार बलिउड सेलिब्रेटीहरु, यस्ता छन् सङ्घर्षका कथा

$
0
0

एजेन्सी । कुनै पनि पेशामा लाग्दा सुरुआती दिनहरुमा सबैले कठिनाइको सामना गर्नुपर्छ । सबैले केही त्याग गरेकै हुन्छन् र यस्तै सङ्घर्ष गर्दै उनीहरु एकदिन सफल पनि हुन्छन् । त्यस्तै आज हामी बलिउडका केही सेलिब्रेटीको सुरुआती दिनका कठिनाइबारे बताउन जाँदैछौं ।

नवाजुद्दीन सिद्धिकी
नवाजुद्दीनका अनुसार उनी बलिउडमा प्रवेश गर्नुभन्दा पहिले कसैलाई म हिरो बन्छु भनेर भन्दा सबैले मेरो मजाक उडाएर हाँस्थे । तर उनलाई भने आफूप्रति विश्वास थियो कि एकदिन जसरी पनि अभिनय गरेर छाड्ने भूत सवार भयो । उनले भने, ‘त्यसैले अभिनेता बन्नकै लागि म मुम्बई आएको थिएँ र यसका लागि मैले धेरै कठिनाइहरुको सामना गरेको छु । म एउटा गरिब परिवारको छोरा भएकाले मैले शुरुआती दिनहरुमा गार्डको काम गरेँ । त्यसपछि ‘ब्ल्याक फ्राइडे’पछि मानिसहरुले मलाई चिन्न थाले । म सानो हुँदा म गाउँमा हुने बिहे नाच्ने गर्थेँ र मानिसहरुले दिएको पैसा दिन्थे । त्यो बेला दुई रुपैयाँ पनि धेरै हुन्थ्यो ।’

कंगना रनावत
उनले भनिन् , ‘म एउटा सानो गाउँबाट आएकी हुनाले त्यहाँका मानिसहरुलाई फिल्ममा खेल्नु के हो समेत थाहा थिएन । मैले मेरो करिअर सुरुआत गर्ने क्रममा कसैको सहयोग पाएकी थिइनँ । सबैले मलाई आफ्नो थर समेत प्रयोग नर्गन भनेका थिए । तर मैले लगातार सङ्घर्ष गरिरहेँ । कतिदिन सम्म मैले सडकमा बडापाउ मात्र खाएरपनि रात कटाएकी छु तर मैले घरमा कहिल्यै पैसा मागिनँ ।’

 

अमिताभ बच्चन

उनले भने, ‘जब मैले मेरो अभिनयको करिअर सुरु गरेको थिएँ तब म धेरै पातलो र अग्लो थिएँ । मानिसहरुले म कुनै दिन अभिनेता बन्छु भन्दा मेरो अनुहारको मजाक उडाउने गर्थे । त्यसबेला मैले निर्माताहरुसँग फिल्म माग्न जादा उनीहरु मबाट दिक्क हुन्थे । उनीहरु मेरो अनुहार देख्नासाथै नाक खुम्च्याउने गर्थे । एक दुईजनाले त मलाई इलाहाबाद फर्कनका लागि ट्रेनको टिकटको पैसा समेत दिएर पठाएका थिए । तर मैले हार मानिनँ र लगातर परिश्रम गरिरहेँ र आज एउटा सफल अभिनेताको रुपमा स्थापित भएको छु ।’

 

शाहरुख खान


उनले भने, ‘मेरी आमाले म सानो छँदा देखि नै पछि गएर ठूलो स्टार बन्छु भन्ने विश्वास गर्नुहुन्थ्यो । त्यसबेला म आफैँलाई पनि आफू अभिनेता बन्छु भन्ने लाग्दैनथ्यो । तर आमाका कारण मैले पनि यसबारेमा धेरै सोचेँ र दिल्ली गएँ तर मेरी आमाको अचानक मृत्यु भएकाले म दिल्लीमा बसिनँ र मुम्बई गएर कडा मिहिनेत गरेँ । पहिले मैले सिरियलहरुमा अभिनय गरेको हुँ । त्यसपछि बल्ल केही फिल्मबाट मैले आफ्नो पहिचान बनाएँ र आज म यहाँ छु । मलाई एउटा कुराको मात्र दुःख लाग्छ कि म स्टार भएको मेरी आमाले देख्न पाउनुभएन ।’

अक्षय कुमार

राजीव भाटियाको नामले जीवन बिताइरहेका अक्षय कुमारले पहिले मौरीसस मार्सल आर्टको तालिम लिएर होटलमा कुक र वेटरको काम गरेका थिए । त्यसपछि मुम्बई आएर उनले अभिनय तर्फ लाग्ने सोच बनाए । उनी दिनकै निर्माताहरुको घर वरिपरी धाउन थालेका थिए । तर निर्माताहरुले भने उनलाई घन्टौंसम्म पर्खिन लगाएर नभेटी जाने गर्थे । त्यसपछि लाखौँ कोशिसका बाबजूद् उनले एक दुईवटा फिल्ममा साधारण रोल मात्र पाए । यसपछि खिलाडी फिल्ममाबाट उनले आफ्नो पहिचान बनाए ।

सोनाक्षी सिन्हा

फिल्मी संसारमा प्रवेश गर्नुअघि सोनाक्षी निकै मोटी थिइन् । अभिनयको क्षेत्रमा अघि बढ्ने बारेमा उनले कल्पना समेत गरेकी थिइनन् । उनलाइै फेशन डिजाइनिङमा भने विशेष रुची थियो । तर अभिनेता सलमान खानले उनलाई फिल्ममा अभिनय गर्न सुझाव दिएपछि मात्र उनले यसतर्फ विचार गरेकी थिइन् । सलमानले उनलाई शरीरको तौल कम गराए मात्र आफ्नो फिल्मको हिरोइन बनाउने वाचा गरेपछि उनी पनि यसका लागि गम्भीर बनेकी थिइन् । त्यसपछि उनले धेरै मिहिनेत र परिश्रम गरि आफ्नो तौल घटाइन् र दबंगमा अभिनय गरेर बलिउडमा स्थान बनाइन् ।

रणवीर सिंह

रणवीर सानैबाट हँसिला खालका व्यक्ति रहेको बताउँदै आएका छन् । अरुलाई हसाउन, रमाइलो गर्न र ख्याल ठट्टा गर्न सानैबाट पोख्त थिए रणवीर । उनी भन्छन् , ‘मलाई अभिनेता बन्ने ठूलो रहर थियो तर मलाई यो पनि थाहा थियो कि यो काम पटक्कै सजिलो छैन । त्यसपछि मैले सुरुआतमा एउटा विज्ञापन कम्पनीका लागि काम गरेको थिएँ । यसपछि मैले फिल्महरुमा खेल्न थुप्रै ठाउँमा अडिसन दिएँ । एकदिन म एकजना केटीसाथीसँग बगैँचामा घुमिरहँदा मलाई यशराज ब्यानरबाट फोन आयो । त्यसपछि मैले ‘ब्यान्ड बाजा बारात’मा काम गरेँ अनि यसबाटै मेरो करिअरले नयाँ मोड लियो ।’

जोन अब्राहम

जोन अब्राहम भन्छन्, ‘म सानैबाट लजालु र धेरै नबोल्ने स्वभावको भएकाले अभिनय मेरा लागि धेरै टाढाको कुरा थियो । त्यसबेलामा मेरो अनुहारमा धेरै डण्डीफोर भएका कारण म कसैसँग पनि मुखमा हेरेर बोल्न सक्दिनथेँ । त्यसैले मैले आफ्नो पढाई पुरा गर्नासाथ मीडिया प्लानरको काम गर्न थालेँ । त्यसै समय एउटा फोटोग्राफर मेरो पर्सनालिटीबाट प्रभावित भएर मेरो केही फोटोहरु खिची एउटा एजेन्सीलाई पठाइदिएको थियो । त्यसपछि एउटा पप गीतको भिडियो खेल्ने मौका पाएँ र मोडलिङको थुप्रै अफरहरु पाएँ । अभिनय गर्न भने सजिलो काम थिएन । मैले धेरै सङ्घर्ष गरेपछि मात्र ‘जिस्म’बाट मैले करिअरको वास्तविक सुरुवात गरेको हुँ ।’

The post दुई रुपैयाँका लागि नाच्न तयार बलिउड सेलिब्रेटीहरु, यस्ता छन् सङ्घर्षका कथा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles