Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विराट बाहेक अरु कोही छ अनुष्काको जिन्दगीमा !

$
0
0

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्माको जीवनमा विराट कोहली बाहेक अरु पनि कोही छ । उनले विराटलाई छोड्न सक्लिन् तर उनको प्यारो डगी डूडलाई सक्दिनन् । अनुष्का बेला-बेलामा सामाजिक सञ्जाल ट्विटर र इंस्टाग्राममा आफू र डगीको तस्बिर तथा भिडियो पोस्ट गरिरहन्छिन् । उनले आफ्नो डगी(कुकुर)को टाइटल नाम शर्मा जोडिदिइसकेकी छन् । अनुष्कालाई मान्ने हो भने उनको डगी डूड शर्मा हो जसले उनलाई तनावबाट पनि मुक्त गराइदिन्छ ।

आफ्नो लेब्राडोर कुकुर डूडका लागि कति पटक त शूटिङ नै छोडेर घर समेत आएकी छन्, उनी । अनुष्काका अनुसार श्रीलंकामा ‘बम्बे वेलवेट’को शूट गरिरहेका बेला डूडको यादले सताएर उनी घर फर्किएकी थिइन् ।

अनुष्काले निर्देशक अनुराग कश्यपलाई भनेर ब्रेक मागिन् र उनलाई आफ्नो प्यारो डगी डूडको याद आइरहेको थियो त्यसैले उनी विकेन्ड मनाउन मुम्बई जान चाहन्थिन् । यदि उनी नगए उनको डूडले उनलाई बिर्सनेछ तर उनको यस कुरा साँचो सावित भयो । धेरै दिनपछि जब उनी घर गइन्, त्यसबेला डूडले अनुष्कालाई चिनेन र भुक्क थाल्यो । सोही कारण अनुष्का धेरै दिनसम्म डूडबाट टाढा रहँदिननन् । भलै उनी विराटसँग महिना दिनसम्म टाढिए पनि डूडसँग टाढिन्नन् ।

The post विराट बाहेक अरु कोही छ अनुष्काको जिन्दगीमा ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles