एजेन्सी । बलिउडका चर्चित अभिनेता संजय दत्त र माधुरीको प्रेम सम्बन्धको अझै पनि उत्तिकै चर्चा हुने गर्छ । संजय दत्तले रिचा शर्मासँग विवाह गरेका थिए । उनीहरुको छोरी पनि छन् त्रिसला ।
तर रिचाको क्यानसरका कारण मृत्यु भएको थियो । सन् १९९० को दशकमा संजयको जीवनमा आइन् माधुरी । उनीहरु फिल्म साजनको सेटबाट नजिकिएका थिए ।
उनीहरुबिच लामो समय अफयेर चलेको समेत बताइएको थियो । तर, जब संजयलाई टाडा केशमा प्रहरीले समात्यो तब यिनीहरुको सम्बन्ध बिलाएर गयो ।
हाल संजय मान्यतासँग खुशी जीवन बिताइरहेका छन् । उनीहरुका दुई सन्तान रहेका छन् । माधुरीले भने श्रीराम माधव नेनेसँग विवाह गरेकी थिइन् । उनीहरुका पनि दुई सन्तान रहेका छन् ।
The post यसकारण टुटेको थियो माधुरी र संजय दत्तको प्रेम सम्बन्ध appeared first on Sajha Post.