मुम्बई । एकतर्फ अनुष्का शर्मा र विराट कोहलीको प्रेमले सबैतिरबाट चर्चा पाइरहको छ भने अर्को तर्फ उनलाई चुनौती दिन अहिले अर्की अभिनेत्री पनि मैदानमा उत्रिसकेकी छन् । उनले विराटलाई आफ्नो प्रेम पनि जताइसकेकी छन् ।
अनुष्काको जीवनको यी खलनायिका बलिउड उद्योगकै हुन् । उनको नाम रिया चक्रवर्ती हो । रियाले जसरी विराट कोहलीका बारेमा त्यस्ता कुरा भनिन् त्यो सुनेपछि अनुष्काले पक्कै पनि उनीबाट सावधान रहनुपर्छ । वास्तवमा रियाले हालैमा विराट कोहलीलाई सबैका सामु प्रेम प्रकट गरेर चकित पारेकी छन् ।
‘हाफ गर्लफ्रेन्ड’ र ‘बैंक चोर’जस्ता फिल्ममा काम गरिसकेकी उनलाई फिल्ममा मात्र नभएर क्रिकेटमा पनि विशेष रुची भएको बताएकी छन् । च्याम्पियन्स ट्रफीका बेलामा उनले जोडतोडका साथ भारतीय टिमको समर्थन गरेकी थिइन् । तेलुगु फिल्ममा पहिले नै चर्चा कमाइसकेकी उनले भर्खरै मात्र बलिउडमा प्रवेश गरेकी हुन् । त्यस्तैमा उनलाई भारतीय टिममा सबैभन्दा हट को लाग्छ ? भन्ने प्रश्न सोधिएको थियो । यस प्रश्नको उत्तरमा उनले विराट कोहलीको नाम लिँदै भनिन् जब विराटले शतक लगाउँछन् तब उनी झनै हट देखिन्छन् । यसरी खुलेआम आफ्नो प्रेम विराटलाई जताएपछि अब अनुष्का चकित हुनु पनि स्वभाविक हो ।
The post विराटको पछि लागेर अनुष्कालाई चुनौती दिँदै यी बलिउड अभिनेत्री appeared first on Sajha Post.