Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चर्चामा ‘कान्छी मायालु’ (भिडियोसहित)

$
0
0

काठमाडौं, १२ असार । नेपाली कथानक चलचित्र ‘बेबी आई लभ यु’को नयाँ गीत ‘कान्छी मायालु’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गीतलाई युवापुस्ताले निकै नै रुचाएको पाइएको छ । गीत बजारमा आएको दुई दिनमै युट्युबमा सात लाखभन्दा बढी पटक हेरिएको छ । गीतको म्युजिक भिडियोमा सन्तोष खड्का, पुजा तिवारी लगायतको ‘कार्टुन्ज क्रिउ’ को समूहले नृत्य गरेका छन् ।

सन्तोष खड्गी, निर्मल बिके र सुरज भीर’खोइरे’ को शब्द रहेको यस गीतमा शोभा परियार, पुजा तिवारी र सन्तोष खड्काको स्वर रहेको छ । प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा सन्तोष खड्गी, पुजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, रेशम बुढाथोकी, चर्चित हास्य कलाकार राजु कमेडी भुजेलको र कार्टुन्ज क्रिउ(Cartoonz Crew) को अभिनय रहेको छ ।

जनक पाण्डे निर्देशित फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

The post चर्चामा ‘कान्छी मायालु’ (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles