Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

मिथुन चक्रवर्तीको त्यो रहस्य

$
0
0

एजेन्सी । सन् १९७० को दशकको कुरा हो, किशोर कुमारले योगिता बालीसँग सन् १९७६ मा विवाह गरेका थिए । योगिता किशोरकी तेस्री पत्नी थिइन् । सन् १९६९ मा दोस्री पत्नी मधुबालाको मृत्यु पश्चात योगितासँग उनको विवाह भएको थियो ।

तर, मिथुनसँग फिल्म ख्वाब’ मा भेटिएपछि योगिता र मिथुनको अफयेर चलेको थियो । सन् १९८० मा यो फिल्म बनिरहँदा मिथुन र योगिताको नयाँ कथा बनिरहेको थियो । मिथुनसँग प्रेममा परेकी योगिताले अन्तत किशोर कुमारलाई छोड्ने निधो गरिन् । विवाह गरेको दुई वर्ष नपुग्दै किशोर कुमारलाई छोडेर योगिताले मिथुनसँग विवाह गरिन् ।

यो घटनाले चोटमा परेका किशोरले मिथुनका लागि गीत गाउन मानेनन् । तर, समयले सबै घाउ पुर्छ भने झै अन्तत किशोरले मिथुनका लागि फिल्म ‘सुरक्षा’ र ‘वक्त कि आवाज’ मा गीत गाए ।

मिथुनका लागि अन्तिम गीत ‘गुरु गुरु’ गाएका किशोरलाई साथ दिएकी थिइन् आशा भोस्लेले । उक्त रेकडिङ सकिएपछि उनको मृत्यु भएको थियो । त्यसको एकदिन पहिला उनको दाइ अशोक कुमारको जन्मदिन रहेको थियो ।

The post मिथुन चक्रवर्तीको त्यो रहस्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles