Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस मामिलामा विराटले पछि पारे सलमानलाई

$
0
0

मुम्बई । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले बलिउड सुपरस्टार सलमान खानसहित सचिन तेन्दुलकर, दीपिका पादुकोण, प्रियंका चोपडा जस्ता चर्चित सेलिब्रेटीलाई समेत पछि पारेका छन् । भारतभर सामाजिक सञ्जाल फेसबुकमा कोहलीको सबैभन्दा बढी फलोअर्स भएको छ ।

यो समाचार तयार हुँदासम्म विराट कोहलीको फलोअर्स संख्या ३,५७,२५,७१९ पुगेको छ । यसअघि भारतीय सेलिब्रेटीहरुमा सबैभन्दा बढी फलोअर्स सलमान खानको थियो । सलमानपछि अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडाको नाम आउने गर्‍थ्यो ।

सचिन तेन्दुलकर यस मामिलामा छैटौं स्थानमा छन् । अब कोहली यी सबैलाई पछारेर फेसबुक फलोअर्सको मामिलामा शीर्षस्थानमा कब्जा जमाउन सफल भएका हुन् ।

The post यस मामिलामा विराटले पछि पारे सलमानलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles