Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस्ता छन् बलिउडका चर्चित ६ खलनायकका श्रीमती

$
0
0

मुम्बई । बलिउड अभिनेताको वास्तविक जीवनमा भएको प्रेमका किस्सा तपाईले बेलाबेलामा सुन्नुभएकै होला । यसमा धेरैजसो अभिनेताको पत्नी वा श्रीमती पनि चर्चित नै छन् । पर्दामा हिरोको भूमिका निभाउने गरेका अभिनेताको प्रेम प्रसंगले मीडियामा पनि राम्रै स्थान पाउँदै आएको छ तर बलिउडमा जमेका खलनायकको बारेमा कमै चर्चा चल्ने गर्छ । त्यस्तै आज हामी तपाईलाई केही चर्चित खलनायकका श्रीमतीलाई देखाउँदैछौं ।

१.शक्ति कपूर
शक्ति कपूरले भिलेनका अलवा केही अन्य रोल पनि निभाएका छन् । शक्ति कपूरले सन् १९८२ मा शिवांगी कोल्हारीपुरीसँग विवाह गरेका थिए । शिवांगी अभिनेत्री पद्मिनी कोल्हापुरीको बहिनी हुन् । यी दुईको पहिलो भेटमा नै माया बसिसकेको थियो तर शिवांगीको परिवार उक्त सम्बन्धको विरुद्ध थिए । यसकारण यी दुईले भागेर विवाह गरेका थिए ।

२. प्रेम चोपडा
प्रेम चोपडा बलिउडका एक प्रसिद्ध खलनायकमध्येका एक हुन् । प्रेम चोपडाकी पत्नी उमा राजकपूर की साली हुन् ।

३. आशुतोष राणा
फिल्म ‘संघर्ष’ र ‘दुश्मन’ का चर्चित खलनायक आशुतोष राणाले रेणुका सहाणेसँग विवाह गरेका थिए । रेणुकाले फिल्म ‘हम आपके हैं कौन’मा सलमानको भाउजुको भूमिका निभाएकी थिइन् ।

४. सोनू सूद
सोनू सूद सायद बलिउडका ह्याण्सम भिलेन हुन् । सोनूले फिल्ममा आउनुअगावै सन् १९९६ मा तेलुगु युवती सोनालीसँग विवाह गरेका थिए । सोनालीलाई मानिसले मात्र चिन्छन् किनकी उनलाई बाहिर आउन खासै मन पर्दैन । उनी सोनूको साथ अवार्ड समारोहमा पनि कमै देखिन्छिन् ।

५. रणजीत
रणजीत, फिल्ममा बलत्कारको सीनका लागि चर्चित छन् । रणजीतको वास्तविक नाम गोपाल वेदी हो । रणजीतकी पत्नीको नाम अलोका वेदी हो । अलोकाको पहिलो फिल्म ‘कारनामा’ हो । त्यसमा उने रंजीतको सहयोगीको भूमिका निभाएकी थिइन् । त्यसपछि उनीहरुले विवाह गरे ।

६. प्रकाश राज
प्रकाश प्राय: दक्षिण भारतीय फिल्ममा देखिन्छन् । उनले बलिउडका केही चर्चित फिल्ममा पनि काम गरेका छन् । उनले बलिउडमा उनले ‘वांटेड’, ‘सिंघम’, ‘पुलिसगिरी’, ‘दबंग 2’ जस्ता फिल्ममा आफ्नो छाप छोडेका छन् । प्रकाशले कोरियोग्राफर पोनी वर्मासँग विवाह गरेका हुन्, जो प्रकाशभन्दा १२ वर्ष कान्छी छिन् । यसअघि प्रकाशले तमिल अभिनेत्री ललिता कुमारीसँग विवाह गरेका थिए । १५ वर्षसम्म सँगै बसेपछि उनीहरुको डिभोर्स भएको थियो ।

The post यस्ता छन् बलिउडका चर्चित ६ खलनायकका श्रीमती appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles