Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी हुन् रक्सी र चुरोटको लतमा फसेका बलिउड अभिनेत्रीहरु

$
0
0

एजेन्सी, २३ जेठ । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

उनीहरु रक्सी तथा चुरोटको सहारा लिने गर्छन् । रक्सी र चुरोटको यस्तो नशामा डुब्छन् कि उनीहरु त्यो लतबाट बाहिर आउन ठुलै मुल्य समेत चुकाउने गरेका छन् ।

केही बलिउड अभिनेत्रीहरु ब्रेकअप भएकै कारण आफुलाई कमजोर बनाउँछन् र कुलतमा फस्छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जो कुलतमा फसे र आफ्नो ज्यान समेत गुमाए ।
राखि गुल्जार

राखि गुल्जारले कुनै समय रक्सीलाई सबैभन्दा प्रिय साथी बनाएकी थिइन् । जब राखिका पतिले उनलाई धोका दिदै मीना कुमारीसँग सम्बन्ध बनाए तब उनी रक्सीको नजिक भइन् । त्यही पिरलाई भुलाउन भएपनि उनी रक्सीको सहारा लिइन् ।

जया बच्चन

यो कुरा सुन्दा अचम्म लाग्न सक्ला जया बच्चनलाई पनि रक्सीको लत थियो । यो कुरा कतिको साँचो हो यो त जया बच्चनलाई थाहा छ तर उनी रक्सी एक समय अत्यन्त पिउने गरेको बताइएको थियो ।

मनिशा कोइराला

मनिशा कोइराला आज लाखौ मानिसहरुका लागि प्रेरणाको श्रोत भएकी छिन् । तर, उनी एक समय चेन स्मोकरको रुपमा परिचीत रहेकी थिइन् । उनलाई विभिन्न पार्टीमा रक्सी खाँदै रमाउँदै गरेको विभिन्न सञ्चारमाध्यमले पनि देखाएका थिए । तर, उनले अब यी लत देखि परै बस्ने घोषणा समेत गरेकी छिन् ।

कोंकणा सेन
भारतीय फिल्म क्षेत्रमा बलियो अभिनय कला भएकी कोंकणा सेन कुनै समय रक्सी र चुरोटको लतमा फसेकी थिइन् । तर सन् २०१० मा जब उनी गर्भवती भइन् बच्चाको लागि भएपनि उनले चुरोट र रक्सी छोड्ने निर्णय गरिन् ।
सुस्मिता सेन

मिस युनिभर्सको ताज पहिरिएकी सुस्मिता चेक स्मोकरको रुपमा समेत परिचीत थिइन् । उनलाई बिटाउन अल्कोहलिको नाउँले समेत गनिन्छ । तर उनले यस कुरालाई अस्विकार गर्दै आइरहेकी छिन् ।

The post यी हुन् रक्सी र चुरोटको लतमा फसेका बलिउड अभिनेत्रीहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles