एजेन्सी, २२ जेठ । ठुलो तथा सानो पर्दामा सासु र बुहारीको सम्बन्धलाई निकै रोमाञ्चक तरिकाले बलिउडमा प्रस्तुत गरिन्छ । उनीहरुको सम्बन्ध कि त एकदमै नराम्रो देखाइन्छ कि त एकदमै राम्रो देखाइन्छ । सासु र बुहारीको झगडालाई एउटा सामान्य विषयको रुपमा लिने पनि गरिन्छ ।
यो जीवनको एउटा पाटो हो भन्दै देखाइने समेत गरिन्छ । तर, बलिउडका चर्चित अभिनेत्रीहरु जो विवाह गरिसकेका छन्, उनीहरुको आफ्नी सासु आमासँग कस्तो रहेको छ त सम्बन्ध ।चर्चित अभिनेत्रीहरु सासु आमासँग कमै देखिने समेत गर्छन् । हेरौ उनीहरुको सम्बन्ध सासु आमासँग कस्तो रहेको छ ?
काजोल र वीना देवगन
काजल र उनकी सासु वीना देवगनबिच राम्रो सम्बन्ध रहेको छ । उनीहरु एकअर्कालाई धेरै माया गर्ने बताउँछन् । काजल जब सुटिङमा व्यस्त हुन्छिन् तब वीनाले नै घरको सबैकाम हेर्ने गर्छिन् । उनीहरुबिच आपसी समझदारी धेरै रहेको उनीहरु बताउँछन् ।
करीना कपुर र शर्मिला टैगोर
शर्मिला टेगौरकी कान्छी बुहारी हुन् करीना कपुर । करीना कपुर आफ्नी सासुलाई अम्मा भनेर बोलाउने गर्छिन् । आफ्नी आमा र सासु आमाबिच केही फरक नभएका कारण अम्मा भनेर बोलाउने गरेको उनले बताएकी थिइन् ।
ऐश्वर्या राय बच्चन र जया बच्चन
बलिउडमा सबैभन्दा चर्चित सासु–बुहारीको सम्बन्धको रुपमा लिइन्छ ऐश्वर्या र जया बच्चनको । उनीहरु एकअर्काको सर्पोटमा बोल्दै गरेको धेरै देखिन्छ । जया जहिले पनि ऐश्वर्याको पक्षमा बोल्ने गर्छिन् । एकपटक एक कार्यक्रममा ऐश्वर्यालाई एक फोटोग्राफरले ‘एश एश’ भनेर बोलाएका थिए । जया बच्चनले रिसाउँदै किन ‘ऐश ऐश’ भन्छौ रु कि ऐश्वर्या जी भन, कि मिसेज बच्चन भन भनेकी थिइन् । उनीहरु धार्मिक तथा अन्य कार्यक्रममा सँगै देखिने गर्छन् ।
The post थाहा पाउनुहोस् बलिउडका चर्चित अभिनेत्रीहरुको आफ्नी सासुसँग कस्तो छ सम्बन्ध appeared first on Sajha Post.