काठमाडौं, २३ जेठ । सामाजिक सञ्जालमा मिस नेपाल निकिता चन्दकबारे आएका धारणा र मिस नेपाल प्रतियोगिताबारे सेकेन्ड रनरअप मिस नेपाल इन्टरनेशनल नीति शाहले मुख खोलेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै आफ्नो धारणा राखेकी हुन् । उनले लेखेकी छिन्,‘मैले चिनेको मध्ये सबैभन्दा उदार हृदय भएकी व्यक्ति हुन् उनी । एक साहसी व्यक्ति हुन् र उनको स्वभाव र सुन्दरतामा मैले कुनै खोट देखेकी छैन ।’
निकिताले नेपालीले गर्व हुने काम गर्ने विश्वास लिएकी नीतिले अगाडी लेखेकी छिन्,‘ हाम्रो देश र हामी सारा नेपालीलाई संसारका सामु गर्व हुने काम उनले गर्नेछिन् । तपाईहरू उसलाई कसरी भारतीय, काली जस्ता अपजस लगाउन सक्नुहुन्छ ? तीन मिनेटको एउटा भिडियो हेरेर मान्छेको वास्तविकता थाहा पाउन सकिँदैन ।’
सबैले आ–आफ्नै क्षेत्रमा जीत हासिल गरेकोले नदेखिएपनि सबैको टाउकोमा एउटा एउटा क्राउन रहेको र त्यो खुसी अथवा संघर्ष आफैँले मात्र महसुस गर्न सकिने नीतिको धारणा छ । अन्तिम चार मात्र विजयी नभएर यस प्रतियोगितामा सहभागी सम्पूर्ण नारीहरू जीवनको एउटा पाटोमा विजयी घोषित भएको जनाएकी नीतिलेसबैसँग एउटा सपना र जीवनको वास्तविक लक्ष्य छ । यहि अठोट बोकि सबैले जीवनमा केहि न केहि उदाउँदो काम गर्न सक्छन् भन्नेमा हामी सबै विश्वस्त रहेको लेखेकी छिन् ।
The post नीतिको प्रश्न– मिस नेपाल निकितालाई किन काली भनेको ? appeared first on Sajha Post.