Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कति कमाउँछन् कमेडियन कपिल शर्मा

$
0
0

बलिउड । पछिल्लो पटक निकै विवादमा रहेका कपिल शर्मालाई द कपिल सो ले एउटा नयाँ पहिचान बनाइ दियो । सन् १९८१ मा अम्रितसारमा जन्मिएका उनी आज करोडौ सम्पत्तिका मालिक बनेका छन् । क्याफीमा प्रेमिकालाई राम्रोसँग खुवाउन नसकेका कारण ब्रेकअप भएको बताउने कपिल हाल लक्जरिएस कारका मालिक बनेका छन् ।

हिन्दु कलेजमा पढेका उनले पछि थिएटरमा काम गर्न थालेका थिए । तर, सन् २००४ मा उनको पिताको क्यानसरका कारण उनको मृत्यु भएको थियो । पिताको मृत्यु पश्चात उनको काँधमा सबै जिम्मेवारी आएको थियो ।

सन् २००५ मा उनले ब्रेक पाएका थिए । उनले एमएच–१ मा हाँस्दे हसाँते राओमा काम पाएका थिए । सन् २००७ मा उनले लाफ्टर च्यालेन्जको पहिलो अडिसनमा असफलता भोग्नु पर्यो । तर, अर्को सिजन भने उनले उक्त प्रतिस्पर्धा जित्दै १० लाख जितेका थिए ।

सन् २०१६ को तथ्याङ मान्ने हो भने उनको आम्दानी ६.६ मिलियन डलर रहेको थियो । उनको कुल सम्पत्ति १४.७–२२ मिलियन डलर रहेको छ ।

उनको डिएलएच इन्क्लेभ फ्ल्याट, ओसिवारा लिंक रोडमा, मुम्बइमा रहेको छ । यसको मुल्य २.२ मिलियन डलर रहेको छ ।

The post कति कमाउँछन् कमेडियन कपिल शर्मा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles