बलिउड-कपिल शर्मालाई सिम्पल लाइफ जिउन मनपर्छ । त्यही कारणले पनि उनी धेरै कार्यक्रममा जाँदैनन् । उनी आफ्नो लाइफस्टालको पनि त्यति वास्था गर्दैनन् ।
कपिललाई भेदभाव गरेको व्यवहार मनपर्दैन । सबैलाई समान सम्मान गर्नुपर्छ भन्ने मान्यता उनी लिन्छन् ।
सेटमा काम भइरहँदा उनी त्यतिकै बस्दैनन् । आफ्ना साथीहरुलाई उनी विभिन्न तरिकाले मदत गर्छन् । कहिलेकाँही आफ्ना सेटका साथीहरुसँग पैसाका कारण काम रोकिएको थाहा पाउँछन् उनी स्वयम आफैले भेट्न गएर उनीहरुको मदत गर्छन् । दिएको पैसा पनि फिर्ता लिदैनन् । आफुले कमाएको पैसा सदैव राम्रो काममा खर्च भएको उनी देख्न चाहान्छन् ।
सेलिब्रिटी भएपछि धेरै विदेशी खाना खान रुचाउँछन् तर उनी भने देशी खाना खान रुचाउँछन् । कपिलले धेरैपटक आफ्नै साथीहरुको टिफिनको खाना खाएका छन् । सुटिङका दौरान आफ्नो खाना साधारण होस् भन्ने उनी चाहान्छन् । उनी साधारण होटलबाट खाना अर्डर गर्छन् ।
कपिल आफ्नो जन्मदिनलाई त्यति महत्व दिदैनन् । आफुलाई हालसम्म उनले सपिङ पनि गरेका छैनन् । कपिललाई बाटोमा रहेका पसलमा गएर टिसर्ट किनेर लगाउन समेत कुनै आपत्ति लाग्दैन ।
The post कमेडियन कपिलबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ appeared first on Sajha Post.