मुम्बई, ७ जेठ । कपिल शर्मासँग अलग भइसकेका कमेडियन सुनील ग्रोभर अझै पनि लगातार विवादमा छन् । कपिल शर्मा शो छोडेपछि उनको लाइभ शो र अन्य क्षेत्रमा माग बढिरहेको छ तर, २७ मे मा अहमदबादको कार्यक्रममा प्रस्तुती दिने तयारीमा रहेका उनलाई अचानक अहिले कानुनी समस्याहरु आइपरेका छन् ।
२७ मे को उक्त शोलाई लिएर अहमदाबादका इभेन्ट अर्गनाइजर राजपाल शाहले कमेडियन सुनील ग्रोभर र अर्का इभेन्ट म्यानेजर देवांग शाहका विरुद्धमा धोका एवम् आपराधिक षड्यन्त्रको आरोपमा मुद्दा हालेका छन् ।
राजपाल शाहले देवांग र सुनीलले कार्यक्रममा आउने वचन दिएपनि अहिले भने उक्त कन्ट्रयाक्टलाई नमानेको र अर्को स्थानमा धेरै पैसा पाएकाले त्यहाँको कार्यक्रम स्थगित गराएको आरोप लगाएका छन् । यसबारे देवांगले भने आफुहरुलाई यस्ता धेरै अफर आएको तर उनीहरुले भने एकै दिनमा धेरै कार्यक्रममा भाग लिन नचाहेको बताएका छन् ।
The post कपिल शर्मासँग अलग भइसकेका सुनील ग्रोवरविरुद्ध मुद्दा appeared first on Sajha Post.