Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अनुपम खेरको जीम मोह, एक वर्षमै १६ किलो तौल कम (तस्बिरहरु)

$
0
0

एजेन्सी, ६ जेठ । गरे के हुन्न ? तिव्र इच्छा शक्ति भए असम्भव केही हुन्न भन्ने कुरा बलिउडका चर्चित अभिनेता अनुपम खेरले पुष्टि गरिदिएका छन् । ७२ किलो वजन भएर भुँडे भएका ६२ वर्षीय अभिनेता खेर पछिल्लो समय नियमित शारीरिक व्यायाममा व्यस्त छन् ।

एक वर्षको नियमित अभ्यासपछि उनी अहिले ५६ किलोमा झरेका छन् । यतिका समयसम्म उनको पछिल्लो परिवर्तन धेरैलाई थाहा थिएन । जब उनले आफ्नो सुगठित शरीरको तस्बिर इन्स्टाग्राममा अपलोड गरे, सारा संसार उनको मेहनतबाट चकित भएको छ ।

तस्बिरमा उनी कुनै नायकभन्दा कम देखिएका छैनन् । अगाडी निस्किएको उनको भूँडी अब इतिहास बनेको छ । यसका लागि उनले नियमित कसरत र खाने आनीबानीमा सुधार गरेका छन् । ५ फुट ७ इञ्च अग्ला अनुपमले बितेका १२ महिनामा आफ्नो तौल १६ किलो घटाएका हुन् । हरेक बिहान उनी ट्रेनर एन्थोनी जाधवका साथमा जिममा समय बिताउँछन् ।

कसरतसँगै उनले जंकफुड पनि खान छाडिदिए । उनी भन्छन्, ‘मौसमी फलफुल र घरमा बनाएको खानाले सुगरको लेभल पनि ठिक गरेको छ र मलाई शारीरिक व्यायामकालागि पनि प्रशस्त उर्जा मिलेको छ ।’

५ सय भन्दा बढी सिनेमा भर्सटायल अभिनय गर्न सफल अनुपम चाँडै नया मुभी ‘टायलेट एक प्रेम कथा’मा देखिँदै छन् । उनीसँग त्यो सिनेमामा अक्षयकुमार पनि हुने छन् । तपाईले पनि आफ्नो बढ्दै गएको पेट सुम्सुमाएर चिन्ता लिनुको साटो अनुपमको जस्तो प्रतिबद्ध हुन सक्नु भयो भने स्वस्थसँगै आत्मविश्वासी जीवन व्यतित गर्न सक्नुहुन्छ ।

हेर्नुस् तस्बिर-

The post अनुपम खेरको जीम मोह, एक वर्षमै १६ किलो तौल कम (तस्बिरहरु) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles