Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आमिर खानको फिल्म दंगलले बनायो चीनमा यस्तो रेकर्ड

$
0
0

बेइजिङ, २ जेठ । भारतीय चलचित्र ‘दङ्गल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको बताइएको छ ।

यससँगै हिन्दी फिल्म दङ्गल चीनमा प्रदर्शन भएर अहिलेसम्मकै सबैभन्दा धेरै बजेट आर्जन गर्न सफल फिल्म बनेको छ ।

उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमा मात्रै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो ।

चीनको सेतेमा समालोचना गर्ने चिनियाँ वेबसाइट डौबानले दङ्गललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ ।

भारतीय अभिनेता अमिर खानद्वारा अभिनित एक संयोगान्त पिल्म ‘थ्री इडिएट्स’ ले पाएको प्रसिद्धिका कारण पनि खानको यो चलचित्रले चीनमा तहल्का मच्चाएको चिनियाँ सञ्चारमाध्यमहरुले दिएका छन् ।

एसियाका दुई विकासोन्मुख राष्ट्रहरु चीन र भारतबीच चलचित्र उद्योगको प्रगति एवम् प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सहमति गरिएको छ । उनीहरुले चलचित्रमा सहनिर्माण, आपसी आयात र लगानीमा सहकार्यका लागि हालैका वर्षमा सहमति जनाएका छन् ।

The post आमिर खानको फिल्म दंगलले बनायो चीनमा यस्तो रेकर्ड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles