बलिउड, ३ जेठ ।
दीपिका पादुकोण
आज बलिउडकी सबैभन्दा महँगी नायिकाको रुपमा परिचीत यी अभिनेत्री पनि ग्रयाजुएट होइनन् । कक्षा १२ को पढाइ सकेपछि उनले ब्याचरलको पढाईका लागि फर्म त भरिन् तर मोडलिङमा लागेपछि पढाइ अधुरै छोडिन् ।
आलिया भाट
बलिउडकी यी क्वीट एक्ट्रेस पनि व्याचलरको पढाइ पुरा गर्न सकिनन् । आलियाले मुम्बइमा रहेको जमानाभाई नरसी स्कुलमा कक्षा १२ सम्मको पढाइ गरेकी थिइन् । तर, त्यस लगत्तै उनलाई फिल्म ‘स्टुटेण्ड अफ द इयर’ मा आएपछि उनले व्याचरलको पढाइ छोडिदिइन् ।
प्रिंयका चोपडा
प्रिंयका चोपडालाई देख्दा लाग्छ उनले ठुलै विश्वविद्यालयको डिग्री हासिल गरेकी छिन् । सन् २००० मा मिस इण्डिया समेत भएकी प्रियंका कक्षा १२ पास मात्र हुन् । उनले मुम्बईको एक विश्वविद्यालयमा भर्ना त हालिन् तर पढ्नै गइनन् ।
करिश्मा कपुर
बलिउडमा कपुर परिवारलाई पढाइ पुरा नगर्ने परिवारको रुपमा लिइन्छ । कपुर खानदानकी छोरी करिश्मा कपुरले त अझ ६ कक्षामा पढ्ने क्रममा नै पढाइ छोडदिएकी थिइन् । पछि उनले फिल्म ‘प्रेम कैदी’ बाट आफ्नो बलिउड करिअर सूरु गरेकी थिइन् ।
करिना कपुर
आफ्नो दिदी झै करिना कपुरले पनि पढाइलाई महत्व दिइनन् । तर, उनले कक्षा १२ सम्मको पढाइ भने पुरा गरिन् । पछि उनले मिठीबाइ कलेजमा भर्ना त गरिन् तर बलिउडले उनको पढाइ भंग गरिदियो । फिल्म ‘रिफ्युजी’ मा इन्ट्री पाएपछि उनले बलिउडमै आफ्नो ध्यान बनाइराखिन् ।
The post कति पढेका छन् यी बलिउड अभिनेत्रीहरुले appeared first on Sajha Post.