Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानले गरे कट्रीनालाई ट्वीट

$
0
0

एजेन्सी, १ जेठ । बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका कट्रीना कैफसँग लामो समय अघि नै ब्रेक अप भएपनि उनीहरुको मित्रता अझै जारी छ ।

हालैका दिनहरुमा यी दुई ‘टाइगर जिन्दा हे’ को सुटिङमा व्यस्त रहेको बेला सलमानले कट्रीनालाई ट्वीट गरेका छन् । उनीहरुबीचको प्रेमदायी सम्बन्ध अझै समाप्त नभएको यसबाट पनि पुष्टि भएको छ ।

शुक्रबार सलमानले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेखेका थिए, ‘म पनि कस्तो ट्युबलाइट छु , मैले टाइगरकी असली टाइग्रेस कति ठग छिन् भन्ने पत्तै पाइन ।’ यसरी उनले यस ट्वीटबाट उनको आउँदो फिल्म ट्युबलाइटको मात्र प्रमोसन गरेनन्, उनले कट्रिनाको फिल्म ‘थग’ र उनीहरुको ‘टाइगर जिन्दा हे’ लाई समेत प्रमोट गरेका छन् ।

उनले कट्रीनालाई पूर्ण मद्दत गरेर उनीहरुबीचको घनिष्ठ मित्रताबारे सबैलाई जानकारी गराएको अनुमान गरिएको छ ।

The post सलमानले गरे कट्रीनालाई ट्वीट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles