बलिउड, ३१ वैशाख । एक मिडिया रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । पाल्र्हो अनलाइन मिडियाका अनुसार करन जोहरको फिल्म ऐ दिल हे मुस्किलमा दिएको बोल्ड सिनका कारण बच्चन परिवार र ऐश्वर्याको सम्बन्ध निकै बिग्रिएको थियो । फिल्म रिलिज हुनुपुर्व पनि ऐश्वर्यालाई लिएर विभिन्न कन्ट्रोभर्सीहरु बाहिर आएका थिए ।
ऐश्वर्या राय र जया बच्चनबीच फिल्ममा दिएका सिनहरु तथा फोटोसुटलाई लिएर ठुलै विवाद परेको थियो भने यस विषयलाई लिएर जयाले छोरा अभिषेक बच्चनलाई पनि गाली गर्ने काम गरेकी मिडिया रिपोर्टमा उल्लेख छ ।
परिवारमा बढ्दो विवाद र असझदारीबाट वाक्क भएकी ऐश्वर्याले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।
उनी हस्पिटल समेत भर्ना भएको रिपोर्टमा उल्लेख छ । केही रिपोर्टका अनुसार जब रणविर सिंहसँग बोल्ड फोटोसुट गरिन् तबदेखि नै परिवारमा विवाद चुलिएको थियो ।
The post किन ऐश्वर्याले आत्महत्याको प्रयास गरेकी थिइन् ? appeared first on Sajha Post.