काठमाडौं, ३१ वैशाख । नयाँ शक्ति नेपालकी नेत्री करिश्मा मानन्धरले स्थानीय तह निर्वाचमा काठमाडौंमा भोट हाल्न नपाउने भएपछि पति विनोद मानन्धरमाथिको आक्रोश सार्वजनिक रुपमा नै पोखेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार यस्तो आक्रोश पोखेकी हुन् । विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने भन्दै आक्रोश पोखेकी हुन् । ‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’, उनले फेसबुकमा लेखेकी छन् ।
करिश्माले आफ्नो मतदाता नामाबली काठमाडौंबाट नभएको र त्यो राजबिराजमा पुगेपछि आक्रोश पोखेकी बताएकी छन्। पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएको उनले जनाएकी छन् । ‘हामी लाजिम्पाटमा बस्छौ। आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ । तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन । मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ । बसाई सराइको कागज थिएन, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने ? अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन ।’
The post भोट हाल्न नपाउँदा श्रीमानमाथि अभिनेत्री करिश्माको आक्रोश appeared first on Sajha Post.