काठमाडौं, ३० वैशाख । क्यानडा भनेपछि हुरुक्कै हुने भारतीयहरू किन क्यानडेली गायकसँग रिसाउँछन् । युवा पुस्तामा निक्कै लोकप्रिय क्यानडेली गायक जष्टिन बीबरसँग भारतीय फ्यान रिसाउनका कारण यस्ता छन् । गत मे १० मा पप स्टार जस्टिन बिबरले भारतमा लाइभ प्रस्तुती दिएका थिए । मुम्बईको डी वाई पाटिल स्टेडियममा जस्टिन र उनको ब्यान्डले प्रस्तुती दिएका थिए ।
जस्टिनले आयोजित कार्यक्रमको अन्त्यमा इन्डियन फ्यानलाई सम्बोधन गर्दै भने,’थ्यान्क्यु इन्डिया, म फेरी आउँछु ।’ तर भारतिय जनताले जस्टिनको कन्सर्टको विरोध गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
कन्सर्टमा उनले सरी, कोल्ड, वाटर, आइ विल शो यु, ह्वेर आर यु नाउ, बेबी लगायतको गीत गाएका थिए । उनको तिनै प्रस्तुती हेर्न स्टेडियममा अभिनेत्री आलिया भट्ट, मलाइका अरोडा, सोनाली बैंद्रे, श्रीदेवी लगायतको पनि उपस्थिती रहेको थियो । जस्टिन र उनको ब्यान्डको प्रस्तुती हेर्न सेलिब्रेटी लगायत ५६ हजारको भिड थियो। उक्त कन्सर्ट हेर्नका लागि जनताले पाँचदेखि ७५ हजारसम्मको टिकट खरिद गरे । जस्टिनले प्रस्तुतीमा लिप सिङ्गिङमात्र गरेको आरोप लागेको छ । तौलियाले मुख पुच्छ्ने पानी पिउने जस्ता काम गरेका कारण पनि भारतीय फ्यान रिसाए । एकजना जस्टिनका फ्यान आशिश शाक्यको फेसबुक स्ट्याटस उल्लेख गर्दै बीबीसी हिन्दीले लेखेको छ,‘जब बिबरले तौलियाले आफ्नो अनुहार पुछ्दै थे तब उनको अनुहार सबै छेक्किएको थियो । त्यो अवस्थामा पनि उनको स्वर चेन्ज भएन। त्यो लिप्सिङ हो भन्ने प्रस्ट हुन्छ ।’ भारत आउँदा उनका अनेक डिमान्डहरू रहेका कारणले पनि भारतीय फ्यान उनीसँग रुष्ट थिए ।