मुम्बई । प्रियंका चोपडाकी पहिलो हलिउड फिल्म ‘बेवाच’ विभिन्न सिनेमा हलहरुमा रिलिज गर्ने तयारी भइरहेको छ । तर यस फिल्मले इजरायली अभिनेत्री गल गदोतसँग कडा टक्कर हुने अनुमान लगाउन थालिएको छ ।
‘ब्याटम्यान भर्सेस सुपरम्यान’ मा एक छोटो भूमिका निभाएकी गदोत फिल्म ‘वंडन वुमन’ मा मुख्य भूमिका देखिने भएकी छन् । यसमा उनी एक रिसालु योद्धाको रुपमा देखिएकी छन् जो शक्तिशाली र केही अवस्थामा दयालु पनि देखिन्छिन् ।
वार्नर ब्रदर्सको फिल्म ‘अंडर वुमन’ २ जूनदेखि भारतलगायतका देशमा रिलिज हुँदैछ ।
अंग्रेजी टेलिभिजन सिरिज ‘क्वांटिको’मा काम गरिसकेकी प्रियंका चोपडा लामो समयपछि कुनै फिल्ममा देखिएकी हुन् । पारामाउण्ट पिक्चर्सको ब्यानरमा बनेको ‘बेवाच’ १९८९ मा बनेको टेलिभिजन शो मा आधारित छ जसमा एक लाइभगार्डको जिन्दगी देखाउन खोजिएको छ । उक्त सिरियल त्यससमयमा निकै रुचाइएको थियो । प्रियंका अभिनित यस फिल्म २५ मे देखि अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ । जसको एक हप्तापछि अर्थात् जून २ मा भारत लगायतका केही मुलुकमा प्रदर्शनमा आउँदैछ ।