Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड अभिनेत्री दीपिका मन पराउँछन् प्रभास

$
0
0

एजेन्सी । ‘बाहुबली २’ को शानदार सफलतापछि दक्षिण फिल्मका स्टार प्रभासको नाम हरेकको जिब्रोमा झुण्डिएको छ । यस्तै हरेकको मनमा यो प्रश्न उब्जिएको हुनसक्छ प्रभासले वास्तविक जीवनमा कहिले र कोसँग विवाह गर्छन् ?

बाहुबली स्टार प्रभासलाई अहिलेसम्म विवाहका लागि ६ हजार प्रस्ताव आइसकेको छ । फिल्म मार्फत सबैको दिलमा राज गरेका प्रभास बलिउड अभिनेत्री दीपिका पादुकोणसँग फिदा हुन्छन् । यस कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका हुन् ।

लाखौं केटीहरुले मन पराएका प्रभास भने दीपिका पादुकोणलाई मन पराउँछन् । प्रभास दीपिकालाई यति मन पराउँछन् कि उनी एक फिल्ममा सँगै काम गर्न चाहन्छन् । यद्यपी प्रभासले यस्तो बताइरहँदा दीपिकाले के भन्लिन् ? साथै प्रभासले दीपिकासँग काम गर्ने इच्छा व्यक्त गर्दा त्यसमा उनको प्रतिक्रिया कस्तो रहला ? उनको यो इच्छा कहिले पुरा होला ? त्यो समयले नै बताउँला । तर अहिले भने दर्शक प्रभासको फिल्म ‘बाहुबली २’ हेरेर रमाइरहेका छन् ।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles