Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यू-ट्युबको यस भिडियोबाट जस्टिन बीबर चर्चामा आएका थिए (भिडियोसहित)

$
0
0

एजेन्सी । चर्चित पप गायक जस्टिन बीबर भारत आएका छन् । बीबर आज जुन स्थानमा छन्, त्यो सायद कसैले सोचेका थिएनन् होला यति छोटो समयमा उनी विश्वकै चर्चित सेलिब्रेटी बन्न सक्छन् भन्ने ।

जस्टिनकी आमाले उनको एक भिडियो यू-ट्यूबमा शेयर गरेका थिए, जसले आज उनलाई यो अवस्थामा पुर्‍याएको छ । १२ वर्षको उमेरमा जस्टिनकी आमाले आफ्नो क्यामेरा फोनबाट जस्टिनले गाएको एउटा भिडियो बनाइन् र उनको बुबाको एकाउण्टबाट यू-ट्युबमा शेयर गरिदिइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

बीबरकै उमेरका अरु बच्चा कस्ता हुन्छन् त्यो उनलाई पनि थाहा थियो होला । सन् २००७ मा क्रिश ब्राउनको हिट नम्बर ‘विथ यू’ गाएर जस्टिनले यू-ट्युबमा सबैको ध्यान ताने र सबैलाई आफ्ना फ्यान बनाउन सफल भए । त्यो शिलशिला अझै पनि जारी नै छ । जस्टिन बीबरले आज डीवाई पाटिल स्टेडियममा शो गर्नेछन् ।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles