Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कति छ सलमानका बडीगार्ड शेराको तलब ?

$
0
0

मुम्बई । बलिउड स्टार सलमान खानजस्तै उनका बडीगार्ड पनि चर्चित नै छन् । सलमानका अंगरक्षक शेरा हालका दिनमा चर्चित पप गायक जस्टिन बीबरको सुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन् । यसैकारण उनी अहिले चर्चाको शिखरमा छन् । बताइदिउँ कि शेरा पछिल्लो २० वर्षदेखि सलमानका बडीगार्ड हुन् ।

शेरा सलमानको बडीगार्ड नहुँदा उनी भारत आउने सेलिब्रेटीहरुको सुरक्षा गर्थे । सलमानको सफलतामा शेराको ठूलो हात छ । शेरा एक सिख परिवारसँग आस्था राख्छन् । उनको वास्तविक नाम गुरमीत सिंह जोली हो ।

सन् १९९५ मा एक पार्टीमा शेराको भेट सलमानसँग भयो । त्यसपछि सलमान खान चंडीगढमा नराम्रोसँग फसे । र, सोहेल खानले सोचे कि सलमानलाई कुनै न कुनै बडीगार्ड चाहिएको छ । उनको दिमागमा त्यसबखत शेराको नाम आयो । त्यसैबेलादेखि शेरा सलमानको बडीगार्ड सम्हाल्दै आएका छन् ।

सलमानको बडीगार्ड हुनु सानो कुरा होइन । तलब पनि राम्रै पाउँछन् सायद । तपाईलाई पनि लाग्न सक्छ कि सलमानको बडीगार्डको महिना तलब कति होला ? शेराले सलमानको बडीगार्ड गरेबापत एक महिनाको तलबस्वरुप १५ लाख पाउँछन् ।

यो पनि पढ्नुहोस्
यी हुन् किम जोन उनकी प्यारी बहिनी, जसको उत्तर कोरियामा राम्रै चल्छ


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles