Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आस्थालाई चाहियो ‘आफैं चपाउने’ मेयर

$
0
0

काठमाडौं, २६ वैशाख । नेपालमा स्थानीय चुनावको प्रचार-प्रसार अनेक प्रकारले चलिरहेका छन् । दलका उम्मेदवार र स्वतन्त्रले पनि उम्मेदवारी दिएर चुनावी माहौल तताएका छन् । सामाजिक सञ्जालदेखि देश विदेशमा पनि स्थानीय तहको चुनावको चर्चा कम छैन ।

यहि क्रममा गायिका आस्था राउतलाई पनि उनको शैलीको मेयर चाहिएको छ । अस्ट्रेलियाको सांगितिक यात्रामा रहेकी आस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार पोखेकी छन् । उनी दल विशेषका भन्दा पनि राम्रो काम गर्ने व्यक्तिलाई मत दिनुपर्ने बताउँछिन् । उनले लेखेकी छन्, ‘अरूले चपाएको होइन, आफैं चपाउने मेयर चाहियो, पार्टी विशेष होइन व्यक्ति विशेष चाहियो ।’
वाटेग्लेनबाट फेसबुकमा उनले मंगलबार यस्तो विचार अगाडी सारेकी हुन् । चौबन्दि चोलीमा पटुकी नबाँधेको र पखेरीमा घाँस नकाटेको भन्दैमा नेपाली हैन नभन्नु भनी सन्देश दिएकी आस्थाले किन यसो भनिन् ? तर, उनले व्यक्ति विशेषमा खास को–को हुनुपर्ने भन्ने खुलाएकी छैनन् । काठमाडौंमा हुर्किएकी आस्थले आफ्नै महानगरमा कुने व्यक्ति देखिनन् कि ?


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles