मुम्बई । एक विशेष प्रस्तुतिका लागि भारत आएका पप गायक जस्टिन बीबर फिल्म निर्देशक करण जोहरको शो ‘कफी विथ करण’मा देखिने भएका छन् । पहिलो पटक भारत आएका बीबरले मुम्बईमा आयोजना हुने म्यूजिक कन्सर्टमा प्रस्तुति दिनेछन् ।
उता नयाँ दिल्ली, जयपुर र आगरामा पनि जानेछन् । बीबरको १० मे मा मुम्बईको डीवाई पाटिल स्टेडियममा कन्सर्ट हुनेछ । जहाँ ४५ हजार दर्शक पुग्ने अनुमान गरिएको छ ।
यदि यी सबै योजनाअनुसार भएमा करण आफ्नो शो मा बीबरसँग रहनेछन् । उक्त शो मा अमिताभ बच्चन, शाहरुख खान, दीपिका पादुकोण र प्रियंका चोपडा जस्ता बलिउडका हस्तीहरु समेत देखिइसकेका छन् ।
यस शो ले पाँच सिजन पुरा गरिसकेको छ । यो पहिलो पटक हुनेछ जब बीबर कुनै भारतीय शो मा देखिनेछन् । करणले आफ्नो शो मा रिचर्ड गेरे, मारिया शारापोभा, ह्यूज ज्याकम्यान र क्रिश्चियन लुबोटिन जस्ता अन्तर्राष्ट्रिय हस्तीहरुलाई सहभागी गराइसकेका छन् ।