एजेन्सी-फिल्म ‘डार्क चकलेट’ फिल्ममा रिया सेनले निकै बोल्ड सिन दिएकी थिइन् । रियाले भनेकी छिन्,‘यो साँचो हो कि मैले यस फिल्ममा निकै उत्तेजक सिन दिएकी छु तर, यसमा बडी डबल भने गरिएको छैन । शरिरको माथिल्लो भागको अगाडि रहेका कपडा भने हटाइएको थिएन ।’
आजकल धेरै फिल्महरुमा इन्टिमेट सिनहरु दिनेहरु गरिन्छन् । केही अभिनेता तथा अभिनेत्रीहरु यस्ता इन्टिमेट सिनहरु दिन रुचाउँदैनन् । यस्ता सिनहरुका लागि बडी डबलको प्रयोग गरिन्छ ।
सन् २०१५ मा आएको हिट फिल्म ‘एक पहेली लिला’ मा सन्नी लियोनले केही इन्टिमेट सिन दिएकी थिइन् । तर, फिल्ममा उक्त इन्टिमेट सिन को–एक्टर रजनीश दुग्गलसँग भने दिएकी थिइनन् । उक्त दृश्यमा उनले आफ्नो पति ड्यानियल बेबर बेबरसँग रोमान्स गरेकी थिइन् ।
सात खुन माफ फिल्ममा रहेको एउटा सिनमा प्रियंका चोपडाले शरिरको माथिल्लो भागको कपडा उतारेकी थिइन् । शरिरको पछाडिको भाग उनले एक्सपोज गरेकी थिइन् । तर, उनले आफ्नो पीठ भने देखाएकी थिइनन् । यस सिनका लागि बडी डबलको प्रयोग गरिएको थियो ।
व्याडडेड क्वीन फुलन देवीको लाइफमा आधारित रहेर फिल्म निर्माण गरिएको थियो । यस फिल्ममा पनि केही इन्टिमेट सिनहरुले रहेका थिए जसका कारण बबाल मच्चिएको थियो । सबै सिनमा बडी डब्बलको प्रयोग गरिएको थियो । तर, फिल्ममा बडी डबल प्रयोग भएको देखिदैन ।
फिल्म एक छोटी सी लब स्टोरीमा मनीषा कोइरालाको अत्यन्त इन्टिमेट दृश्यहरु देखाइएको थियो । फिल्म धेरै विवादित पनि रहेको थियो । तर, फिल्ममा बडी डबलको प्रयोग गरिएको थियो । फिल्ममा बडी डबल प्रयोग गरिएको भान समेत पर्दैन ।
फिल्म हिस्समा मल्लिका शेरावत धेरै जसो इन्टिमेट दृश्यका लागि चर्चामा रहिन् । उनले यस फिल्ममा बडी डबलको प्रयोग नभएको भन्दै झन् चर्चामा आउन प्रयास गरिन् । तर, फिल्ममा बडी डबल प्रयोग गरेर निर्माण गरिएको थियो ।
फिल्म फायरमा नन्दिता दास र शबाना आज्मीले लब मेकिङ सिन दिएका थिए । सीनमा नन्दिताको पीठ देखाइएको थियो । तर, फिल्ममा उनको सट्टा बडी डबलको प्रयोग गरिएको थियो ।
फिल्म लण्डन, पेरिस न्युर्योकमा पाकिस्तानी एक्टर अली जफरले किसिङ सिन दिएका थिए । यस फिल्ममा किस सिन डिमाण्ड गरिएको थियो । तर, उक्त किस सिनका लागि बडी डबलको प्रयोग गरिएको थियो ।