मुम्बई । ‘बाहुबली २’ले आमिर खानको फिल्म ‘पीके’ र ‘दंगल’ लाई पछार्दै संसारभरबाट हजार करोड कमाइसकेको छ । आमिर खानको फिल्म ‘पीके’ले ७६८ करोड र दंगलले ७१६ करोड कमाएको थियो । निर्देशक एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ ले भारतको सबै किर्तिमान भंग गरेर अहिले सर्वाधिक कमाइ गर्ने फिल्म बन्न पुगेको छ ।
रिलिज भएको आठौँ दिनमै यस फिल्मले ९१५ करोडको व्यापार गरिसकेको थियो । भारतमा मात्रै यसले ७३५ करोड कमाउन सफल भएको थियो । हजार करोडको क्लबमा प्रवेश गर्ने यो पहिलो भारतीय फिल्म हो ।