एजेन्सी, २४ वैशाख । बलिउड-बलिउडमा हरेक नायिकाको सलमान, आमिर र शाहरुख खानसँग स्क्रिन सेयर गर्ने सपना हुन्छ । तर, तपाइलाई यो सुनेर अचम्म लाग्न सक्छ दीपिकाले यी तिनै सुपर स्टारका सुपरहिट फिल्महरु अस्वीकार गरिसकेकी छिन् ।
उनले सलमानको तीन र शाहरुख र आमिरको एक एक फिल्मको प्रस्ताव अस्वीकार गरिसकेकी छिन् । यी हुन् दीपिकाले अस्वीकार गरेकी सुपरहिट फिल्महरु
‘सुल्तान’
अनुश्का शर्माले फिल्म सुल्तानमा आरफाको भूमिका निभाएकी छन् । महिला कुस्तीबाज र सलमानको पत्नीको यो रोललाई उनले धेरै राम्रोसँग निभाएकी छन् तर तपाईलाई थाहा नहुन सक्छ, अनुश्काभन्दा पहिले यो रोलको लागि दीपिका पादुकोणलाई अफर गरिएको थियो ।
‘प्रेम रतन धन पायो’
सलमानको अर्को सुपरहिट फिल्म ‘प्रेम रतन धन पायो’मा सोनम कपुरले निर्वाह गरेको राजकुमारी मैथली देवीको भूमिकाको लागि पहिले दीपिकालाई अफर गरिएको थियो तर यसको सट्टा दिपिकाले रणविर सिंहसँग ‘बाजीराब मस्तानी’मा मस्तानी बन्ने फैसला लिइन् ।
‘किक’
हरेक बलिउड नायिकाले स्क्रिन सेयर गर्न चाहने सलमानको एक दुई होइनतिन वटा सुपरहिट फिल्म दीपिकाले छोडेकी छिन् । सलमानखानको अर्को सुपरहिट फिल्म ‘किक’ मा पनि ज्याकलिनलाई लिनु अघि दीपिकालाई अफर गरिएको थियो तर उनले यो फिल्म पनिअस्वीकार गरिन् ।
‘धुम ३’
आमिर खानको सुपर हिट फिल्म ‘धुम ३’ मा क्याटरिना कैफभन्दा पहिले दिपिकालाई अफर गरिएको थियो । तर, आफ्नो ब्यस्त सेड्युलको कारण जनाँउदै उनले आमिरको यो फिल्म पनि छोडेकी थिइन् ।
‘जब तक हे जान’
यश चोपडाको अन्तिम निर्देशन शाहरुख खान स्टारर फिल्म ‘जब तक हे जान’मा क्याटरिना कैफ भन्दा पहिले दिपिकालाई अफर गरिएको थियो तर उनले यो फिल्म पनि छोडेकी थिइन् ।
‘फास्ट एण्ड फ्युरियस ७’
दीपिका पादुकोणले हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस ७’ को सट्टामा चेन्नई एक्सप्रेस चुनेकी थिइन् । भ्यान डिजेल स्टारर फास्ट एण्ड फ्युरियस ७ छोडे पनि दीपिका अहिले अर्को हलिउड फिल्म ‘टिपल एक्स द रिटर्न अफ जेन्डर’ केजमा भ्यान डिजेल कै साथमा देखिँदैछिन् ।