Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘बाहुबली २’ले तोड्यो सबै किर्तिमान, एक हप्तामा कति कमायो ?

$
0
0

मुम्बई । ‘बाहुबली २’ले रिलिजअगावै केही किर्तिमान बनाएको थियो । रिलिजपछि पनि एसएस राजमौलीको फिल्मले एकपछि अर्को गरी बलिउडका किर्तिमान भंग गरिरहेको छ ।

आफ्नो फिल्म रिलिजको छैटौं दिन प्रभासको फिल्मले आमिर खानको फिल्मले ‘दंगल’को ग्रस कलेक्शनलाई नै आफ्नो नाममा गरेका छन् । ‘बाहुबली २’ले सबै रेकर्ड तोडेको छ र भारतीय सिनेमाको नम्बर एक ब्लकबस्टर सावित भएको छ । फिल्मको हिन्दी भर्जनले पनि भारतमा पहिलो हप्ता २ सय ४७ करोड कमाएको छ । बिहीबारसम्म फिल्मले सबै भाषामा ५ सय ३४ करोड कमाएको थियो ।

२८ अप्रिलदेखि रिलिज भएको ‘बाहुबली २’ले पहिलो हप्ता बक्स अफिसमा विश्वभरबाट ८ सय ६० करोड ग्रस कलेक्शन गरेको छ । फिल्म २ सय ५० करोडमा बनेको थियो र फिल्मले एक हप्तामा ५ सय ४५ करोड नेट कमाई गरेको छ । ‘

‘बाहुबली २’ ले कमाईको सबै किर्तिमान भंग गरेको छ । यसले आमिर खानको ‘पीके’ र ‘दंगल’ दुवैलाई पछारेको छ । बाहुबलीले करीब ८ सय करोड कमाइसकेको छ ।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles