Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अमिताभ ‘बाहुबली २’मा देखिन चाहन्थे तर…

$
0
0

मुम्बई । ‘बाहुबली २’ ले भारतीय फिल्म बजारमा तहल्का मच्चाएपछि बलिउडका प्राय: सबै किर्तिमान भंग गरेको छ । फिल्मले अत्याधिक व्यवसायिक सफलता हासिल गरेसँगै केही नयाँ खबर बाहिर आएको छ । रिपोर्टका अनुसार अमिताभ बच्चन पनि यस फिल्ममा काम गर्न चाहन्थे ।

उनले फिल्मका निर्देशक एसएस राजमौलीसँग यसबारेमा कुरा राखेका थिए तर राजमौलीसँग अमिताभका लागि कुनै पनि भूमिका थिएन । यसकारण अमिताभ यस फिल्मको हिस्सा बन्न सकेनन् ।

अमिताभ मात्र होइन श्रीदेवी पनि यस फिल्मको हिस्सा बन्न सकिनन् । राजमौलीले राजमाताको रोलका लागि श्रीदेवीसँग कुरा गरेका थिए तर श्रीदेवीले ६ करोड रकम माग गरेपछि राजमौलीले उनलाई फिल्मा लिएनन् ।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles