मुम्बई । एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली- द कन्क्लुजन’ ले भारतीय सिनेमा जगतमा इतिहास रचेको छ । फिल्म रिलिजको पहिलो दिन अर्थात् शुक्रबार कमाईको मामिलामा प्राय: सबै किर्तिमान भंग गर्न सफल भएको छ । जुन चमत्कार सरह भएको फिल्म पण्डितहरुले बताएका छन् ।
२८ अप्रिलबाट संसारभर ९ हजार हलबाट रिलिज भएको थियो । मानिसहरुले बाहुबलीलाई आँधी नभई सुनामीको संज्ञा दिएका छन् । ट्रेड जानकारका अनुसार तमिल, तेलुगु, मलयालम र हिन्दीमा रिलिज भएको ‘बाहुबली २’ ले रिलिजको पहिलो दिन बक्स अफिसमा सय करोडभन्दा माथि कलेक्शन गरेको छ । तेलुगु र हिन्दी भर्जनमा फिल्मले ८० करोडभन्दा बढी व्यापार गरेको छ, जहाँ हिन्दी भर्जनको मात्र कलेक्शन ४० करोड भएको मानिएको छ ।
सलमान खानको ‘सुल्तान’ र आमिर खानको ‘दंगल’ दुवैले बाहुबलीको कलेक्शनलाई भेट्टाएनन् । सुल्तानले ३६ करोडको व्यापार गर्दा दंगलले २९ करोड ग्रस कलेक्शन गरेका थिए ।
The post पहिलो दिन कति कमायो ‘बाहुबली २’ ले ? appeared first on Sajha Post.