एजेन्सी । डेभिड बेकह्याम चाँडै नै एउटा फिल्ममा देखिने भएका छन् । उक्त फिल्मको तयारी गर्दा उनले आफ्नो लुक्स पूर्ण रुपमा परिवर्तन गरेका छन् ।
‘किङ आर्थर लेजेन्ड अफ द स्वर्डस’ भन्ने फिल्ममा उनी देखिन लागेका हुन् । यस फिल्ममा उनका साथै चार्ली हुनाम, जुड ल र एरिक बाना मुख्य भूमिकामा रहने छन् ।
डेभिड बेकह्यामले इन्स्टाग्राममा एउटा फोटो अपलोड गरेर यस विषयको जानकारी दिएका हुन् । ४१ वर्षिय डेभिडले मेकअप गरेको फोटो सेयर गर्दै यो कुराको पुष्टि गरेका हुन् । उक्त तस्बिरमा डेभिडको अनौठो दाँत, अनुहारमा चोट र हरियो दारी देख्न सकिन्छ ।
बेकह्यामको लुक हेर्दा उनको एक्सन सीन रहेको अनुमान गर्न सकिन्छ । उनको वास्तविक राोलका बारेमा अझै पत्ता नलागे पनि उनको लुकले उनी भिलेन पनि हुन सक्ने संकेत गरेको छ । यो फिल्मको प्रिमियर यही मे १२ मा हुन सक्ने बताइएको छ ।
The post डेविड बेकह्याम अब फिल्ममा देखिने appeared first on Sajha Post.